विष सेवन गरी भर्ना भएका विरामी कोरोना पोजेटिभ

राजविराज, ०९ साउन । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएका एक विरामीमा शुक्रवार कोरोना संक्रमण पुष्टि भएको छ ।

विरामीमा संक्रमण फेला परेसँगै अस्पतालमा प्रवेश निषेध गरिएको छ । ‘इमेरजेन्सीमा भर्ना गरिएका विरामीमा संक्रमण पुष्टि भएपछि विरामीसँग प्रत्यक्ष जोडिएका चिकित्सक, कुरुवासहितका अन्य व्यक्तिहरुको पहिचान गर्न १२ बजे रातिसम्मकालागि अस्पताल परिसरमा प्रवेश निषेध गरियो’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रञ्जीतकुमार झाले मधेश लाइभलाई भने–‘यद्यपी, विरामीहरुको उपचार भने यथावत छ ।’

मेडिकल सुपरिन्टेन्डेन्ट झाका अनुसार गत बुधवार (साउन ७ गते) विष सेवन गरि भर्ना भएका तिलाठी कोइलाडी गाउँपालिकाका ५० वर्षीय पुरुषमा संक्रमण फेला परेको हो । योसँगै सप्तरीमा संक्रमितको संख्या ४ सय १९ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

यसैगरी ३ सय १२ जना निको भएर घर फर्किएको कार्यालयका प्रमुख दुनीयालाल यादवले जानकारी दिए । यसअघि पनि अस्पतालकै सरसफाईमा कार्यरत १ पुरुष तथा अस्पताल परिसरमै रहेको पोषणगृहमा कार्यरत एक महिला कर्मचारीमा संक्रमण देखिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780