प्रदेश २ मा कोरोना त्रासः हालसम्म १० जनाको मृत्यु

राजविराज । नेपाल सरकारले लकडाउन खुल्ला भएको घोषणा गरे पनि कोरोना भाइरसको संक्रमण फैलिने क्रममा रहेको छ । यतिबेला प्रदेश नम्वर २ अत्यधिक जोखिममा परेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार आइतवारसम्म नेपालमा मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको जसमध्ये प्रदेश नम्वर २ मा मात्रै १० जनाको मृत्यु भएको छ । हालसम्म १८ हजार ४ सय ८३ जना सङ्क्रमित भएका छन् । जसमध्ये १३ हजार ५६ जना निको भएर घर फर्केका छन् ।

देशैभरिमा प्रदेश नम्वर २ को सप्तरी र पर्सा जिल्ला कोरोना संक्रमणको अति जोखिममा पुगेको छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका अनुसार सप्तरीमा १, महोतरीमा १ रौतहटमा २, बारामा २ र पर्सामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । शनिवारसम्म सप्तरी जिल्लामा कोरोना पोजेटिभको सङ्ख्या ४ सय १७, सिरहामा २ सय १०, धनुषामा ६ सय १९, महोतरीमा ७ सय ५४, सर्लाहीमा ७ सय ७, रौतहटमा १ हजार २ सय ५५, बारामा १ सय ६६ र पर्सामा २ सय ४० जना संक्रमित पाईएको छ । यो सङ्ख्या तीब्र रुपमा बढ्ने क्रममा रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस