कोरोनाबाट भारतमा ३१ हजार ३५८ जनाको मृत्यु

राजविराज। कोरोनाका कारण भारतमा शनिवारसम्म ३१ हजार ३ सय ५८ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार शनिवार मात्रै भारतमा ४८ हजारभन्दाबढी कोरोना संक्रमित थपिएका छन् । भारतमा ४८ हजार ९ सय १६ संक्रमित थपिएको जनाएको छ ।

शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै ४९ हजार ३ सय १० कोरोना संक्रमित थपिएका थिए । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १३ लाख ३६ हजार ८ सय ६१ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

भारतमा लकडाउन खेलेसँगै कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढेको छ । भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशकोे संख्यामा तेस्रो स्थानमा रहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780