बलान बिहुलवासी भन्छन् ‘हामीलाई हेर्ने कोही भएन’

सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्वर ४ स्थित बेल्ही भएर बलान नदी बगेको छ । यो नदीले वर्षेनी बाढीको समयमा त्यहाँका वासिन्दालाई दुःख दिने गर्दछ । बलान नदीले वर्षेनी खेतीयोग्य जग्गा कटान गर्दैआएको छ नै । बाढीको पानी बेल्ही बस्तीमा पस्ने गरेको छ । अत्यधिक वर्षा हुँदा नदीमा बाढी आएर बेल्हीका करिब पाँच सय घर कटानको जोखिममा छ । नदी नियन्त्रणकालागि त्यहाँका वासिन्दाले वर्षौदेखि आवाज उठाउँदैआए पनि हालसम्म नदी नियन्त्रणकालागि ठोस पहल हुन सकेको छैन ।

यो नदीले सप्तरी र सिरहाको सिमाना छुट्याएको छ । यहाँका वासिन्दाले गाई भैंसी चराउन, घाँस दाउरा गर्न तथा खेतीपातीकालागि बलान नदी तरेर जाने गर्छन् । स्थानीयवासिन्दाको खेतीबारी नदी पारी समेत रहेको छ । स्थानीयवासिन्दा दैनिक खोलाको पानी भएर वारीपारी गर्ने गर्छन् । बलान नदीको समस्या समाधान गर्न सिडिओदेखि मन्त्री तथा पूर्व प्रधानमन्त्रीसम्मलाई गुहारिसकेका छन् । सबैले आश्वासन मात्र बाँडेर गएका छन् । वर्षौदेखि पीडामा रहे पनि नदी नियन्त्रण हुन नसकेको उनीहरुमा निराशा छाएको छ । प्रस्तुत छ, समाचार संकलनका क्रममा खिंचिएका केही तस्विर ।

शब्द तथा तस्विरः श्यामसुन्दर यादव/राजविराज

 

Author:



क्याटोगरी छान्‍नुहोस