कोरोना संक्रमित बाराकी १७ वर्षीया किशोरीको मृत्यु

राजविराज । नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । बारा अस्थायी घर भएकी १७ वर्षीया किशोरीको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बाराको परवानीपुर ८ की किशोरीको शुक्रबार (साउन ९ गते) गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए । बुधबार स्वास्थ्यमा समस्या आएपछि विरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि भर्ना भएकी ती किशोरीको आरडिटी पोजिटिभ देखिएको थियो ।

त्यसपछि किशोरीलाई कोभिड अस्पताल रिफर गरी गत विहिवार (८ साउन गते) मा स्वाब संकलन गरिएकोमा शुक्रवार उनमा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको प्रवक्ता डा.गौतमले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस