कोरोना नियन्त्रणमा सप्तरी युथ नेपाल सक्रिय

राजविराज । सप्तरी सदरमुकाम राजविराजमा कोरोना संक्रमण समुदायस्तरमा तीव्र रुपमा फैलिरहेको पुष्टि भएपछि सर्वसाधारण त्रसित छन । संक्रमण नियन्त्रण तथा रोकथामका निम्ति चौतर्फी प्रयास भइरहेको छ ।

राजविराज नगरपालिकाले बन्दाबन्दी आह्वान गरेको छ भने सप्तरी प्रशासनले गत विहिवारदेखि निषेधाज्ञा नै जारी सतर्कता अपनाइएको छ । यसैबीच, संक्रमण नियन्त्रण तथा रोकथाम कार्यमा युवाहरु पनि सक्रिय भएका छन ।

आइतवारदेखि सप्तरी युथ नेपाल आवद्ध युवाहरुले किटनाशक औषधी छर्किन थालेका हुन् । समुदायस्तरमा बढी संक्रमित फेला परेको वडा नं. ६ का घरधुरीकासाथै गजेन्द्र नारायण सिंह अस्पताल राजविराज, दर्शन चोक, गजेन्द्र चोक, रूपनी बस स्टेशन, पुलचोक, जिल्ला प्रशासन कार्यालय लगायतका स्थानमा किटनाशक औषधी छर्किएको सप्तरी युथ नेपालले मधेश लाइभले जानकारी दिए ।

आइतवारदेखि थालिएको औषधी छर्किने कार्य जारी रहने जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस