सप्तरीका एक चिकित्सक समेत कोरोना पोजेटिभ

राजविराज, ११ साउन । सप्तरीको कञ्चनरुप नगरपालिका निवासी एक चिकित्सकमा समेत आइतबार कोरोना संक्रमणको पुष्टि भएको छ ।

मोरङ्गको बिराटनगर स्थित कोशी अस्पतालमा स्वाब संकलन गरी जाँच गराउँदा उनको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । उनी कञ्चनरुप नगरपालिका स्थितको घरमा असार ३० गतेसम्म बसेका थिए । बिराटनगरको कोशी अस्पतालमा ती चिकित्सक साउन १ गते हाजिर भएका थिए । त्यहाँ हाजिर भई काम थालेका उनको साउन ७ गते स्वाब संकलन गरिएकोमा आइतवार स्वाब रिपोर्टमा पोजेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।

उनी घरमै बसेका कारण परिवारका सदस्यहरु समेत शंकाको घेरामा रहेको तथा घरमा बस्ने क्रममा क्रममा को को व्यक्ति उनको सम्पर्कमा आएको हो ? उनी कहाँ कहाँ गएका हुन् ? यसबारे ट्राभलिङ्ग हिस्ट्री बुझ्ने काम भईरहेको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताए । उनका अनुसार शंकास्पद व्यक्तिहरुको पहिचान गरी निगरानीमा राखेर स्वाब संकलन गर्ने तयारी भईरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस