मास्क नलगाउनेलाई सप्तरी प्रशासनले कार्वाही गर्ने

राजविराज । मास्क नलगाईकन हिडडुल गर्ने जिल्ला प्रशासन कार्यालय सप्तरीले कार्वाही गर्ने भएको छ ।
कोरोना भाइरसबाट जोगिन सजगताका उपायहरु नअपनाउने तथा मास्कको प्रयोग नगरी अटेर गर्नेहरुलाई संक्रामक रोग ऐन २०२० बमोजिम कडा कार्वाही गरिने भएको हो । प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनार्दन कट्टेलले सूचना जारी गर्दै सेनिटाइजर प्रयोग गर्ने, पटक पटक साबुन पानीले हात धुने, कुनै पनि सार्वजनिक स्थल, कार्यालय तथा पसल वा हाट बजारमा जाँदा वा सार्वजनिक सवारी साधनहरुमा यात्रा गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने जस्ता कार्यलाई अनिवार्य रुपमा पालना गर्न गराउन सबै सर्वसाधारण सेवा प्रदायक निकाय तथा संस्थाहरुसँग आग्रह गरेको छ ।

मापदण्ड तथा शर्त बन्देजहरु पलना नगर्ने, सामाजिक दूरी कायम नगरी भीडभाड गर्ने, स्वास्थ्य सम्वन्धी मापदण्ड उल्लंघन गर्ने र बिना मास्क घर बाहिर हिडडुल गर्ने प्रवृतिलाई नियन्त्रण गरी जोखिम घटाउन सकिने भने प्रशासन कार्यालयले अनिवार्य रुपमा नियम पालना गर्न आग्रह गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस