आन्तारिक मामिला तथा कानुन मन्त्री यादवमा कोरोना पुष्टि

राजविराज, २२ साउन । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधवार साँझ आएको रिपोर्टमा मन्त्री यादवको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय स्रोतले जनाएको छ । मन्त्री यादवलाई मधेस भवनमा रहेको निवासकै आइसोलेसनमा राखिएको छ । यस्तै उनकै मन्त्रालयका अन्य सात जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

ती मध्ये एक ४२ वर्षीया महिला छिन् । संक्रमित कर्मचारीहरु २८ देखि ५२ वर्ष उमेर समुहका छन् । संक्रमित कर्मचारीहरुको पद खुलाइएको छैन् । उनीहरुको अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. विजय झाले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस