कोरोना भाइरसः विश्वमा ६ लाख ९६ हजार १४७ जनाको मृत्यु [भारतको यस्तो छ अवस्था]

जनधपुरधाम। विश्वमा बुधबार ५ हजार १ सय १६ कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा केही बढी हो । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार मंगलबार विश्वमा ४ हजार २ सय ७८ कोरोना संक्रमितबाट मृत्यु भएको थियो ।

२ सय १६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ९६ हजार १४७ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ८३ लाख ५४ हजार ३४२ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा छ ।

पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको छ भने दक्षिण अफ्रिका विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण फैलिने देशको सूचिमा पाँचौ स्थानमा रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ ।

भारतमा ३९ हजार ७९५ मृत्यु

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ हजार ७ सय ९५ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ८ सय ५७ कोरोना संक्रमितको मृत्यु भएको छ भने ५२ हजार ५०९ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या १९ लाख ८ हजार २ सय ५४ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा छ ।

लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढेको तथ्यांकले देखाएको छ । भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशकोे सूचिमा अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस