सप्तरीमा थप ४ जना स्वास्थ्यकर्मीमा काेराेना पुष्टि

राजविराज, २२ साउन । सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालका थप ४ जना स्वास्थ्यकर्मीहरुमा विहिवार काेराेना संक्रमण पुष्टि भएको छ ।

याेसँगै अस्पतालमा मात्रै संक्रमितको संख्या ९ जना पुगेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रंजितकुमार झाले जानकारी दिए । मेडिकल सुपरिन्टेन्डेन्ट डा. झाकाअनुसार विहिवार थपिएका चारै जना संक्रमित इमेरजेन्सी फाँटका हुन।

यसअघि अस्पतालमा ५ जना संक्रमित देखिएकोमा २ जना निकाे भएर घर फर्किसकेका छन । विहिवार थपिएका राजविराज नगरपालिकाका ३ र तिरहुत गाउँपालिकाका एक जना स्वास्थ्यकर्मी रहेको अस्पताल प्रशासनले जनाएको छ

नयाँ संक्रमित थपिएसँगै सप्तरीमा काेराेना संक्रमितको संख्या ५४३ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस