प्रदेश २ को मुख्यमन्त्रीसहित मन्त्री परिषद्को कार्यालय सिल गरियो

जनकपुरधाम, २२ साउन । प्रदेश नम्वर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवसहित केही सांसद एवम् कर्मचारीहरु संक्रमित पाईएपछि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिल गरिएको छ ।

कानूनमन्त्री यादवसँगै जनता समाजवादी पार्टीका प्रदेश सांसद डा.रिना यादव ता विभिन्न मन्त्रालयका कर्मचारीहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका आठ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिल गरिएको मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ । उनका अनुसार हाल मुख्यमन्त्री कार्यालय, सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा हाल प्रवेशमा रोक लगाएको छ ।

मुख्यमन्त्री लालबाबु राउत सहित मन्त्रीहरुले कोरोनाबाट सतर्कता अपनाउन आ–आफ्नो निवासबाटै कामकाज थालेका छन् । यता सुरक्षाकर्मीले सर्वसाधारणको प्रवेशमा समेत रोक लगाएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस