img img img

काेराेना भाइरस: प्रदेश २ मा २४ घण्टामा ३ जनाले ज्यान गुमाए, एक सय ५३ जना संक्रमित थपिए

जनकपुुरधाम। प्रदेश २ मा पछिल्लो २४ घण्टामै काेराेना भाइरस संक्रमणका कारण तीन जनाको ज्यान गएको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयकाअनुसार धनुषाका मिथिला विहारी नगरपालिका ६ का ५० वर्षीय पुरुष र पर्साकी २० र ४५ वर्षीया महिलासहित तीन जनाको ज्यान गएको हो।

मृतक पुरुष जनकपुरस्थित विनय तारा फाउन्डेसन क्यान्सर सेन्टरमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए। योसँगै प्रदेश २ मा काेराेना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।

एक सय ५३ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ३१ महिलासहित एक सय ५३ कोरोना संक्रमित थपिएका छन्। योसँगै प्रदेश २ मा संक्रमितको संख्या ५ हजार ८ सय ९४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयकाे तथ्यांकअनुसार सबैभन्दा बढी पर्सामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ५६ जना वीरगन्ज महानगरपालिकाकै छन।

यसैगरी, सर्लाहीमा २२ जना, रौतहटमा १९ जना, धनुषामा १३ जना, बारामा ४ जना र महोत्तरीमा ३ जना कोरोना संक्रमित थपिएका छन्। सिरहा र सप्तरीमा भने पछिल्लो २४ घण्टामा एक जना पनि संक्रमित नभेटिएका मन्त्रालयले जनाएको छ।

Author:

क्याटोगरी छान्‍नुहोस