कल्याणपुरका नगर प्रमुख मण्डल र उनका छोराविरुद्ध विशेष अदालतमा मुद्दा दायर

राजविराज । सिरहाको कल्याणपुर नगरपालिका नगर प्रमुख सूर्यनाथ मण्डल ‘धानुक’ र उनका छोरा सन्तकुमार मण्डल विरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरेको हो ।

नगर प्रमुख मण्डलले ‘डिपीआर’ को भुक्तानी दिनकालागि सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस माग गरेको र सो रकम लिन छोरा सन्तकुमार मण्डललाई पठाएको सुचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

नगर प्रमुख मण्डल र उनका छोराले मिलेमतो गरी निर्माण कार्य सम्पन्न भएको भुक्तानी पनि नदिई वार्गेङ्गिका क्रममा ५ लाख रुयैयाँ घुस मागेको थियो । सो रकम नगर प्रमुख मण्डलका छोरा सन्तकुमारले बुझेको तथ्य स–प्रमाण पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।

सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको दावीसहित नगर प्रमुख मण्डललाई बिगो ५ लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजायको माग गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस