भारतमा पछिल्लो २४ घण्टामा ६७ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण

corona in india

जनकपुरधाम। भारतमा पछिल्लो २४ घण्टामा ६७ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

विश्व स्वास्थ्य संगठनकाअनुसार पछिल्लो २४ घण्टामा ६७ हजार ६६ जनामा संक्रमण पुष्टि भएसँगै भारतमा कुल संक्रमितको संख्या २३ लाख ९५ हजार पुगेको छ। योसहित विश्वभर कुल संक्रमितको संख्या २ करोड ७ लाख ८५ हजार पुगेको छ।

यसैबीच विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७ लाख ५१ हजार पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ६ हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ । जसमध्ये अमेरिकामा १३ सय ६७, ब्रजिलमा ११ सय ६४ र भारतमा ९५० जनाको मृत्यु भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस