विराटनगरमा थप २७ जना कोरोना संक्रमित थपिए

जनकपुरधाम । प्रदेश १ को अस्थायी राजधानी विराटनगर महानगरपालिकामा थप २७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार बुधबार राति ८ महिला र १९ पुरुष गरी थप २७ जना संक्रमण थपिएका हुन् । थपिएका संक्रमितहरु विराटनगर– २ का दुई, वडा नम्वर ३ मा १ जना, वडा नम्वर ५ का ३ जना, वडा नम्वर ६ का २ जना, वडा नम्वर ८ का ५ र वडा नम्वर ९ मा ४ जना छन ।

यसैगरी, वडा नम्वर १० का २ जना, १२ का ४ जना, वडा नम्वर १७ का ३ जनामा संक्रमण देखिएको प्रमुख कार्कीले बताए । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ३ सय ८२ पुगेको छ । जसमा ६९ जना निको भएर घर फर्किएका छन भने संक्रमणबाट हालसम्म ४ जनाको मृत्यु भइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस