कोरोनाः सप्तरीमा ९४ दिन!

राजविराज । सप्तरीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण सुरु भएको ९४ दिन वितेको छ । गत वैशाख २९ गते सप्तरीमा पहिलो पटक १८ वर्षीय एक युवकमा संक्रमण देखिएको थियो ।

संक्रमण पुष्टि भएको २५ दिनपछि डाक्नेश्वरी नगरपालिका–३ हटैलका २० वर्षीय नसिम हुसेन कोरोनामुक्त भएर घर फर्किए । हुसेनसहित यो समाचार तयार पर्दासम्म ४ सय २४ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् ।

स्वास्थ्य कार्यालय सप्तरीका अनुसार हालसम्म ६ सय १६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १ सय ९२ जना सक्रिय विरामी रहेको कार्यालयका प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

कोरोना सक्रिय विरामीहरुलाई साइकृष्णा अस्पताल राजविराजस्थित आइसोलेसन र होम आइसोलेसनमा राखि उपचार भइरहेको छ । सक्रिय सवै विरामीको अवस्था समान्य रहेको स्वास्थ्य कार्यालयको भनाई छ ।

Author:



क्याटोगरी छान्‍नुहोस