कोरोनाः नेपालमा थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

जनकपुरधाम । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण नेपालमा थप ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो पटक धनुषामा २, काठमाडौं, धादिङ सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक–एक जनाको मृत्यु भएको हो । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

धनुषाको जनकपुर उपमहानगरपालिका–१ का ७१ वर्षीय पुरुषको साउन २८ गते ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको छ । यसैगरी, जनकपुर उपमहानपालिका–८ का ३८ वर्षीया महिलाको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्तपतालमा मृत्यु भएको मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौं महानगरपालिका–१२ टेकु निवासी ७८ वर्षीया महिलाको पनि साउन २८ गते नै किष्ट मेडिलकल कलेज शिक्षण अस्तपालमा मृत्यु भएको छ । उता, धादिङका ३२ वर्षीय पुरुषको साउन २७ गते ह्याम्स अस्पतालमा मृत्यु भएको छ ।

यसैगरी, सप्तरीको राजविराज नगरपालिका–६ का ७२ वर्षीय पुरुषको साउन २७ गते राति मृत्यु भएको छ । मोरङको बुढीगंगा गाउँपालिकाका ५५ वर्षीय पुरुषको साउन २८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कपिलवस्तुको कपिलवस्तु नगरपालिका–२ तौलिहवाका ४२ वर्षीय पुरुषको साउन २८ गते बुटवल कोभिड–१९ विशेष अस्पतालमा मृत्यु भएको जनाएको छ ।

यसैगरी, बाराको कलैया उपमहानगरपालिकाका ७५ वर्षीय पुरुषको साउन २७ गते किष्ट डिलकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्त्रलायका प्रवक्ता डा.गौतमले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस