संक्रमित पूर्व राष्ट्रिय क्रिकेटर दासको भोगाइः ‘कोरोनालाई हामीले भयावह बनायौं’

राजविराज । केही दिनअघि कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएका पूर्व राष्ट्रिय क्रिकेटर पवन दासले आफ्नो अनुभव सामाजिक सञ्जालमार्फत राखेका छन् ।

उनी भनेका छन्–‘म एउटा कोरोना संक्रमित, मसँगसँगै मेरा आमावुबा र दुई सन्तानको पनि रिपोर्ट पोजेटिभ आएको छ, र हामी करिब १० दिनदेखि होम आइसोलेसनमा बस्दै आइरहेका छौं ।’

हामीले कोरोनालाई सोचेकोभन्दा बढी भयावह बनाएको उनले बताए । ‘मेरी श्रीमति कोरोना नेगेटिभ रहेपनिले हामीलाई हेरचार गर्दै आइरहेकी छिन, हामीमा खासै लक्षण पनि छैन्, म र मेरा बुवाआमालाई थोरै रुघाखोजी र समान्य ज्वरो देखिएको थियो’ उनले भने–‘यस रोगले मुख्य त खानाको सुगन्ध लोप गर्दोरै’छ, हामीले अनुभव गर्यौं । अरु त खासै हामी भोगीन।’

उनले थपे–‘यो रोगबाट ग्रसित भएपछि हामीलाई समाजले हेर्ने दृष्टिकोण अलिक होच्याउने खालको अर्थात अलि फरक खालको हुन जान्छ, फेरी यस्तो व्यवहार सवैमा हुँदोरैन्छ, सकात्मक सोच भएका व्यक्तिहरु पक्कै पनि सहयोग र सहानुभुति दिन्छन् ।’

उनले कोरोनाबाट बच्न सामाजिक दुरी आवश्यक रहेकाले अति आवश्यकबोहक घरमै बस्न सबैमा आग्रह पनि गरे ।

भिडियो हेर्नुस्ः

Author:



क्याटोगरी छान्‍नुहोस