लौनियाँका ५ जना कोरोनामुक्त भएर घर फर्किए

कमल मण्डल
लौनियाँ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँका ५ जना संक्रमित कोरानामुक्त भएर घर फर्किएका छन् । गत साउन ७ गते गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको आकस्मिक वार्डमा भर्ना भएपछि संक्रमण पुष्टि भएका ५० वर्षीय रामजस मण्डलसहित ५ जना कोरोनामुक्त भएका हुन् ।

विष सेवन गरी अस्पतालमा भर्ना भएका मण्डलमा साउन ९ गते संक्रमण पुष्टि भएको थियो । उनीसँगै कन्ट्याक्ट ट्रेसिङमा परेका अन्य ४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई राजविराजस्थित साईकृष्णा अस्पतालमा रहेको आइसोलेसनमा भर्ना गरिएको थियो ।

उच्च मनोवलकासाथै सतर्कता अपनाए कोरोनामुक्त हुनसकिने मण्डलको भनाई छ । ‘पहिले त थोरै आइसोलेसन व्यवस्थापनमा कमजोरी थियो । तर अहिले सवै कुरा व्यवस्थित छ’ उनले भने–‘संक्रमित भएपछि उच्च मनोवलकासाथै कोरोनासँग लड्नुपर्छ, त्यसैगरी हामी पनि कोरोनामुक्त भयौं।’

फायल तस्बिर।

Author:



क्याटोगरी छान्‍नुहोस