प्रदेश १ मा २४ घण्टामा १०३ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०३ जना कोरोना भाइरस (कोभिड–१०) संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकामा ८६ जना सहित प्रदेश १ मा १०३ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै आइतरवासम्म प्रदेश १ मा संक्रमितको संख्या २ हजार १० जना पुगेको छ । पछिल्लो पटक आइतवार मात्रै मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २ र इलाममा १ जना संक्रमित थपिएका छन् । यसैगरी, प्रदेश २ का दुई जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस