देशभर एक हजार ६९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४० हजार नाघ्यो

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा १ हजार ६९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार ३४४ महिला र ७२५ महिलामा संक्रमण पुष्टि भएको हो ।

योसहित देशभर हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ७६८ जना डिस्चार्ज भएका छन् ।

योसहित हालसम्म २२ हजार १७८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५५ प्रतिशत रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस