रौतहटका युवकको मृत्यु प्रकरणः प्रहरी निरीक्षकसहित ३ जना निलम्बन

जनकपुरधाम । प्रहरी हिरासतमा रहेका रौतहटको गरुडा नगरपालिका–८ का युवकको मृत्यु प्रकरणमा रौतहट प्रहरीका तीन जना कर्मचारी निलम्बनमा परेका छन् ।

प्रहरी निरीक्षाक (इन्सपेक्टर) नवीनकुमार सिंह तथा हवल्दारद्वयय हिरोज मियाँ धुनियाँ र मन्नुकुमार सिंहलाई निलम्बन गरिएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलबार एक विज्ञप्ती जारी गर्दै हिरासतमा आरोपीको मृत्यु भएको प्रकरणमा इन्सपेक्टर सिंह र हवल्दारद्वय धुनियाँ तथा सिंहलाई निलम्बन गरिएको जनाएको छ ।

इन्सपेक्टरलाई गृहसचिवस्तरको निर्णयबाट जाँचबुझ समाप्त नहुन्जेलसम्म ६ महिनाका लागि निर्णय गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ । यसैगरी, हवल्दारद्वयलाई २ नम्बर प्रदेश प्रहरी कार्यालयको निर्णयानुसार थप अनुसन्धान तथा छानबिन नसकिञ्जेलसम्मलाई निलम्बन गरिएको हो ।

सोही नगरपालिका २० वर्षीय निरञ्जन रामको हत्या आरोपमा नियन्त्रणमा लिइएका विजय महराको इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमै मृत्यु भएको थियो । अपराध स्वीकार्न बाध्य पार्न चरम यातना दिइएका कारण महराको मृत्यु भएको भन्दै स्थानीयहरुले प्रहरी कर्मचारीमाथि कारबाहीको माग गर्दै आएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस