प्रदेश २ मा कोरोनाबाट थप ४ जनाले ज्यान गुमाए

जनकपुरधाम । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट प्रदेश २ मा मंगलबार थप ४ जनाको ज्यान गएको छ । पर्सामा २ तथा बारा र सिरहामा १–१ जना पुरुषको ज्यान गएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

उनका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २० का ५३ वर्षीय र पर्साकै ६० वर्षीय पुरुषको ज्यान गएको हो । यसैगरी, बाराको कोल्हवी नगरपालिकाका ६० वर्षीय र सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ६ का ६५ वर्षीय पुरुषको संक्रमणबाट ज्यान गएको छ ।

सामाजिक विकास मन्त्रालयका प्रदेशमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९४ पुगेको छ । । जसमा १६ महिला र ७८ पुरुष छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस