सप्तरीमा प्रहरीसहित २ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ८०८ पुग्यो

राजविराज । सप्तरीमा मंगलबार एक प्रहरीसहित २ जना कोरोना संक्रमित थपिएका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालाको रिपोर्टबाट एक प्रहरीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक (सई) ४५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । यसैगरी, क्यान्सरको उपचारकालागि भरतपुर पुगेका तिलाठी कोइलाडी गाउँपालिका–१ का अर्का एक पुरुषमा संक्रमण पुष्टि भएको उनले बताए ।

योसहित सप्तरीमा कोरोना संक्रमितको संख्या ८०८ जना पुगेको छ । यसमध्ये ६०५ जना निको भएर घर फर्किएका छन भने हालसम्म संक्रमणबाट ६ जनाको ज्यान गइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस