कोरोना भाइरसः विश्वभर २४ घण्टामा ५ हजारको मृत्यु

जनकपुरधाम । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा विश्वमा ५ हजारभन्दा बढीको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार २४ घण्टामा ५ हजार ३८५ जनाको मृत्यु भएको हो ।

अघिल्लो २४ घण्टामा ५ हजार ३६१ कोरोना संक्रमितको मृत्यु भएको थियो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख ४४ हजार नाघेको छ ।

हालसम्म कोरोनाले विश्वमा ८ लाख ४४ हजार ३१२ संक्रमितको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा छ । संक्रमितको संख्या २ करोड ५१ लाख १८ हजार ६८९ पुगेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस