उपभोक्ता समितीद्वारा वडा कार्यालय तालाबन्दी

२०७७ भदौ २५
राजविराज । उपभोक्ता समितिद्वारा सप्तरीको रागजढ गाउँपालिका वडा नम्वर ५ को कार्यालयमा तालाबन्दी गरिएको छ । समितीमार्फत गराएको विकास निर्माण कार्य सकिएको महिनौं वितिसक्दा पनि भुक्तानी दिन आलटाल गरिरहेको भन्दै समितिआवद्ध पदाधिकारीहरुले हिजो (बुधवार) वडा कार्यालयमा तालाबन्दी गरेको हो ।

समितिआवद्ध ध्रुव साहले काम सकाएको तीन महिना वितिसक्दा पनि वडा अध्यक्ष लक्ष्मी नारायण ठाकुरले आलटाल गर्दै आएकाले बाध्य भएर तालाबन्दी गर्नु परेको बताए । उनले सो विषयमा गाउँपालिकाका अध्यक्ष परमानन्द यादवलाई पनि पटक पटक ध्यानाकर्षण गराउदा पनि सुनुवाइ नरहेको आक्रोश पोखे ।

उता, वडा अध्यक्ष ठाकुरले गाउँपरिषद् नभएकाले रकम निकासा गर्न नसकिएको प्रतिक्रिया दिए । गाउँपालिकाका अध्यक्ष यादवले परिषद् सकिएलगत्तै भुक्तानी दिईसक्ने बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस