सर्लाही प्रहरीद्वारा ३०९ किलो गाँजा बरामद

२०७७ भदौ २८
सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकाबाट ट्रकमा लोड गरिएको ३०९ किलो गाँजा बरामद गरिएको छ । वडा नम्वर ५ डोमोवा टोलमा ना ४ ख ७७४८ नम्बरको ट्रकमा लोड गरिएको सो गाँजा बरामद गरिएको हो ।

११ वटा पोकामध्ये ९ वटामा ३१ किलोका दरले तथा २ वटा पोकामा १५ किलोका दरले गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले बताए ।

सर्लाहीको पूर्वी भेग ग्रामिण इलाका हुँदै लागूऔषध ओसारपसार भइरहेको सुचनाको आधारमा प्रहरी खटिएको थियो । टोलीलाई देखेर ट्रक चालक फरार भएको उनले जानकारी दिए । थप अनुसन्धान भइरहेको जनाएको छ ।

फायल तस्बिर।

Author:



क्याटोगरी छान्‍नुहोस