भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८८ हजार, ५५ लाखबढी संक्रमित

२०७७ असोज ७ गते
जनकपुरधाम । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण भारतमा ज्यान गुमाउनेको संख्या ८८ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोनाले ८८ हजार ९३५ संक्रमितको मृत्यु भइसकेको छ ।

भारतमा हालसम्म ५५ लाख ६२ हजार ६६३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा ७५ हजार ८३ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधीमा १ हजार ५३ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

विश्वभर ३ करोड ११ लाख संक्रमित

विश्वभर ३ करोड ११ लाख ७४ हजार ६ सय २७ जना संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार बुधवार विहानसम्म कोरोनाका कारण ९ लाख ७२ हजार ६ सय १३ जनाको मृत्यु भएको छ ।

कोरोना निको हुनेको संख्या २ करोड ३३ लाख ८६ हजार रहेको छ । विश्वस्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसका कारण सबैभन्दा प्रभावित मुलुक अमेरिका रहेको छ । जहाँ ६७ लाख ४० हजार जना संक्रमित बनेका छन् । पछिल्लो २४ घन्टामा अमेरिकामा ३६ हजार ७ सय ६६ जनामा संक्रमण देखिएको छ भने २६९ जनाको मृत्यु भएको छ ।

अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ९८ हजार ३सय ६३ जनाको मृत्यु भएको छ । त्यसपछि दोस्रो स्थानमा भारत रहेको छ भने कोरोना भाइरस संक्रमितको संख्याका हिसाबमा ब्राजिल तेस्रो नम्बरमा रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस