कोरोना खोप आउनुअघि नै विश्वभर २० लाख मानिसको मृत्यु भइसक्ने !

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसको खोप प्रयोगमा आउनुअघि नै विश्वभर २० लाख भन्दा बढी मानिसको मृत्यु भइसक्ने चेतावनी दिएको छ । विश्वभर विभिन्न प्रकारको खोपको परीक्षण भइरहेका बेला डब्लुएचओले यस्तो चेतावनी दिएको हो ।

अमेरिका, बेलायत लगायतका मुलुहकहरुले कोरोनाविरुद्धको खोप तयार पारेर परीक्षण गरिरहेको बताएपनि डब्लुएचओले थप परीक्षण आवश्यक रहेको भन्दै सर्वसाधारणले प्रयोग गर्ने अनुमति दिएको छैन । डब्लुएचओका आपतकालीन प्रमुख डा माइक रायनले कोरोना महामारीविरुद्ध विश्वले सामुहिक प्रतिवद्धता जनाएर अघि नबढेसम्म नियन्त्रणमा नआउनेसमेत बताएका छन् ।

गत वर्ष चीनबाट सुरु भएको कोरोना महामारीका कारण विश्वभर करिब १० लाख मानिसको मृत्यु भइसकेको छ । कोरोनाका कारण विश्वभर तीन करोड २७ भन्दा बढी संक्रमित भएका छन् । संक्रमण बढ्ने दर अझै नियन्त्रणमा नआएकाले खोपको उपलब्धता अघि नै अझै मानविय क्षति हुने डब्लुएचओले अनुमान गरेको हो ।

उत्तरी गोलार्धमा रहेका मुलुकहरुमा जाडो मौसम सुरु भएसँगै पुनः कोरोना संक्रमितहरु थपिएको डब्लुएचओले जनाएको छ । हालसम्म अमेरिका, भारत र ब्राजिलमा सबैभन्दा बढी संक्रमित रहेको अन्तर्राष्टिय समाचार संस्थाहरुले जनाएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780