सप्तरीका एक वर्षीय शिशुमा पनि देखियो कोरोना

राजविराज । सप्तरीमा मंगलवार नेपाली सेनासहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवका अनुसार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालाबाट ४ र पिपीएचएल जनकपुरको प्रयोगशालाबाट २ जना गरी ६ जनामा संक्रमण पुष्टि भएको हो ।

भिम दलगणका २५ वर्षीया महिला तथा ३२ र ३४ वर्षीय पुरुषमा संक्रमण फेला परेको छ । यसैगरी, कञ्चनरुप नगरपालिका–८ का १३ वर्षीय, तिरहुत गाउँपालिकाका १ वर्षीय र महादेवा गाउँपालिका–२ का ४५ वर्षीय पुरुषमा संक्रमण फेला परेको निमित्त प्रमुख यादवले जानकार दिए ।

योसहित सप्तरीमा संक्रमितको संख्या २३० महिला र १ हजार २९ पुरुष गरी कुल १२ सय ५९ पुगेको छ । जसमा १७६ महिला र ८२९ पुरुष गरी कुल १ हजार १५ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । हालसम्म कोरोनाबाट सप्तरीमा १४ जनाको ज्यान गइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस