सप्तरीमा कोरोना संक्रमण ! यस्तो छ अवस्था (विवरणसहित)

राजविराज । सप्तरीमा आज (मंगलवार)सम्म १२ सय ५९ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये १ हजार १५ जना कोरोनामुक्त भएका छन् ।

संक्रमितबाट हालसम्म १४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए । सवैभन्दा बढी राजविराज नगरपालिका संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार राजविराज नगरपालिकामा १०४ महिला र ३८७ पुरुष गरी ४९१ जनामा संक्रमण फेला परेको छ । जसमा ८१ महिला र २७२ पुरुष गरी ३५३ जना डिस्चार्ज भएका छन् । संक्रमणबाट राजविराजमा मात्रै एक महिला र ८ पुरुष गरी हालसम्म ९ जनाको मृत्य भइसकेको छ ।

विवरण हेर्नुस्ः

Author:



क्याटोगरी छान्‍नुहोस