सालोलाई करणी गरी हत्या गरेको आरोपमा भिनाजु पक्राउ

जनकपुरधाम । धनुषामा विस्कुट र चकलेटको प्रलोभन देखाएर सालोलाई अप्राकृतिक मैथुन (करणी) गरी हत्या गरेको आरोपमा भिनाजुलाई पक्राउ गरेको छ । सबैला नगरपालिका–७ मठिहनका २२ वर्षीय भिनाजु राम बहादुर सदालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार उनले धनुषाधाम नगरपालिका–७ किशानपुरका रामेश्वर सदाका ५ वर्षीय छोरा रुपेश सदाको अप्राकृतिक मैथुन गरी हत्या गरेको आरोप छ । गत विहीबार दिउँसो करिब १२ बजेदेखि हराएका रुपेश सदाको खोजी गर्दा शुक्रबार दिउँसो किशानपुरस्थित कृषी ईट्टा उद्योग परिसरभित्रको पानी जमेको खाल्डोको डिलमा पात पतिङ्गरले छोपिएको अवस्थामा शव फेला परेको थियो ।

नातामा भिनाजु पर्ने सदाले उक्त घटना घटनाएको प्रारम्भिक अनुसन्धानले देखाएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले बताए ।

प्रारम्भिक अनुसन्धानअनुसार रामबहादुरले नातामा सालो पर्ने रुपेशलाई विस्कुट, चकलेटको प्रलोभन देखाएर सँगै साथमा माछा मार्न गएको अवस्थामा अप्राकृतिक मैथुन करणी गर्दा बालक बेहोस् भएपछि रामबहादुरले घाँटी कसेर हत्य गरेको खुलेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस