पछिल्लो २४ घण्टामा २ हजार १२० संक्रमित थपिदा २ हजार ४४ डिस्चार्ज

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार सोही अवधिमा सोही अवधीमा २ हजार ४४ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

योसँगै नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । संक्रमण निको भएर फर्किनेको संख्या ६२ हजार ७४० पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालका कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस