नेपाली चलचित्र ‘सेल्फी किङ’ युट्युबमा रिलिज

जनकपुरधाम । विपीन कार्कीको मुख्य भुमिकामा रहेको नेपाली कथानक चलचित्र ‘सेल्फी किङ’ युट्युबमा रिलिज भएको छ । ‘ओएसआर टिजिटल’ले युट्युबमा चलचित्र रिलिज गरेको हो ।

विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा विपिनसँगै लक्ष्मी बर्देवा, अभय बरालको पनि अभिनय हेर्न सकिन्छ । निर्देशक दिनेश राउतले यो चलचित्रलाई निर्माण गरेका थिए ।

यस चलचित्रले हास्य कलाकार शोमा भोग्नु परेको कथालाई मुख्य कथानक रुपमा समेटेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस