देशभर २ हजार २५३ कोरोना संक्रमित थपिए, १ हजार २३९ जना डिस्चार्ज

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर २ हजार २५३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोही अवधिमा १ हजार ३२९ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।

योसहित देशभर कुल संक्रमितको संख्या ८६ हजार ८१३ पुगेको छ । देशभर हालसम्म सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ । त्यसैगरी, हालसम्म ६४ हजार ६९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ०७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार ७८४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख ७४ हजार ४४८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १० हजार ३२६ जना र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् । हालसम्म देशभर ४ हजार २०३ जना क्वारेन्टिनमा रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस