विश्वभर ३ करोड ५३ लाख ८५ हजारमा कोरोना संक्रमण

जनकपुरधाम । विश्वमाभर हालसम्म ३ करोड ५३ लाख ८५ हजार ३४६ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये ७७ लाख ३५ हजार ८८ सक्रिय संक्रमित रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा छ ।

सक्रिय संक्रमितमध्ये ६६ हजार चार सय २१ जनाको अवस्था गम्भीर छ । हालसम्म २ करोड ६६ लाख आठ हजार ७४४ जना उपचारपछि कोरोनामुक्त भएका छन् । संक्रमितमध्ये १० लाख ४१ हजार पाँच सय १४ जनाको ज्यान गइसकेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ४५ हजार ५७९ जना संक्रमित थपिएका छन् । सोही अवधिमा ३ हजार ९८४ जना संक्रमितको मृत्यु भएको छ । विश्वमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा सक्रिय संक्रमितको संख्या २५ लाख ७५ हजार ९० रहेको छ ।

अमेरिकामा हालसम्म ७६ लाख ३४ हजार १२५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ४८ लाख ४४ हजार ४३३ जना निको भएका छन । अमेरिकामा संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख १४ हजार ६०२ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस