शिक्षा पत्रकार समुह प्रदेश २ को समन्वय समिति चयन

जनकपुरधाम । शिक्षा पत्रकार समुहको प्रदेश २ समन्वय समितीको सदस्यमा मधेशलाइभ डट कमका कार्यकारी सम्पादक विद्यानन्द रामलाई चयन गरिएको छ ।

विश्व शिक्षक दिवसको अवसर पारेर आइतवार शिक्षा पत्रकार समुह प्रदेश २ मा ९ सदस्यीय प्रदेश समन्वय समिति गठन गरिएको हो । शिक्षा पत्रकार समुहको प्रदेश समन्वय समितिको संयोजकमा क्षिरेश्वरनाथ डटकमका प्रकाशक तथा सम्पादक दिपेन्द्रप्रसाद सिंहलाई यसअघि नै चयन गरि सकेको थियो ।

प्रदेश २  सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्रि ज्ञानेन्द्रकुमार यादवको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा समन्वय समितीको सदस्यमा सप्तरीबाट रामलाई सर्वसम्मतले चयन गरिएको छ । उनी जनता टेलिभिजनमा पनि कार्यरत छन् ।

यसैगरी पर्साबाट तुलसी भण्डारी, बाराबाट उपेन्द्र ठाकुर, सलार्हीबाट मनोज कुमार यादव, महोतरीबाट सुनिता बराल, नागेन्द्र कर्ण, धनाुषाबाट कैलास दास, सिरहाबाट शम्भु यादवलाई सदस्यहरुमा चयन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्रि ज्ञानेन्द्र कुमार यादवले तराई मधेशको मानव विकास सुचाकंको अवस्था शिक्षा र स्वास्थ्यको अवस्था कमजोर रहेकोले सुधार र उन्नती प्रगतिको लागि शिक्षा पत्रकारितामा लाग्न आवद्ध पत्रकारहरुलाई आग्रह गरे ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले पत्रकारिताको माध्यमले नागरिक समाज, अभिभावक, शिक्षक, विद्यालयहरुले गरेका सकारात्मक पहलदेखि शिक्षा सुधारका लागि आलोचनात्मक टिप्पणी, लेख रचनामार्फत गर्दै आएको कामलाई उच्च मनोवलका साथ अगाडी बढन् शुभकामना व्यक्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस