सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्षसहित १० जनामा संक्रमण पुष्टि

राजविराज । सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्षसहित थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवकाअनुसार अध्यक्षको छोरा र सवारी चालकमा संक्रमण देखिएको हो ।

आइतवार आएको पिसीआर परीक्षण रिपोर्टमा उनीहरुमा संक्रमण पुष्टि भएको छ । योसहित सप्तरीमा कोरोना संक्रमितको संख्या १३ सय १६ जना पुगेको छ । जसमध्ये १ हजार ६२ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । सप्तरीमा हालसम्म १७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस