भारतमा ६९ लाख ६ हजार कोरोना संक्रमित, १ लाख ६ हजारको मृत्यु

जनकपुरधाम । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९६४ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६ हजार ४९० पुगेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा भारतमा ७० हजार ४९६ संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख ६ हजार १५१ पुगेको छ ।

विश्वमा १० लाख ५६ हजारको मृत्यु

विश्वमा कोरोनाका कारण हालसम्म १० लाख ५६ हजार १८६ जनाको मृत्यु भइसकेको छ । यसैगरी, कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ६३ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६३ लाख ६१ हजार ५४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ५० हजार ७६६ संक्रमित थपिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस