सात महिनापछि भारतमा सिनेमाहल, स्वीमिङ्ग पुल र पार्कहरु सञ्चालन

कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण करिब सात महिनापछि भारतमा रहेका सिनेमा हलहरु विहीबार (आज)देखि सञ्चालनमा आएका छन् । सरकारले सिनेमा हलहरुलाई केही निश्चित शर्तहरु राखेर सञ्चालन गर्न अनुमति दिएका छन् । सिनेमा हलसँगै मल्टीप्लेक्स, स्विमिङ्ग पूल र मनोरञ्जन पार्क समेत सञ्चालनमा आएका छन् ।

भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयले सम्भावित कोरोना संक्रमण फैलिन नदिन विस्तृत गाइडलाइन्स जारी गरेको छ । सिनेमा हलमा एकपछि अर्को सिटलाई खाली राखिनेछ । पचास प्रतिशत दर्शकलाई मात्र प्रवेश दिनकालागि एक पछि अर्को सिटलाई क्रस चिन्ह लगाईएकोले उक्त सिटमा बस्न पूर्ण रुपमा प्रतिबन्ध लगाईएको छ ।

सिनेमा हलमा प्रवेश गर्ने दर्शकहरुलाई मास्क अनिवार्य गरिएको छ । यसका साथै हलमा भेन्टिलेसनको समुचित प्रबन्ध तथा एसीलाई २३ डिग्री भन्दा माथि राख्न निर्देशन दिईएको छ ।

सिनेमा हलमा प्रवेश गर्न मोबाइलमा आरोग्य सेत एपको अनिवार्यता, कुनै पनि चीज खानपीन गर्न पूर्ण प्रतिबन्ध गरिएको छ । टिकट खरिद गर्ने क्रममा भींडभाड हुनसक्ने भएकोले अनलाइनबाटै खरिद गर्नुपर्ने व्यवस्था मिलाईएको छ । सिनेमा हल तथा सिटहरुलाई पटक पटक सेनिटाइज गर्नुकासाथै दर्शकहरुकालागि समेत हलवालाले सेनिटाइजरको प्रबन्ध मिलाउन अनिवार्य गरिएको छ । वेटिङ्ग एरियामा कम्तिमा ५ फिटको दूरी बनाउनुपर्ने प्रावधान तोकिएको छ ।

यसैगरी स्वीमिङ्ग पुल र मनारञ्जन पार्कमा समेत नियमित सरसफाई सहित सिमित मापदण्ड पालना गर्न भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयले निर्देशन दिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस