मृत अवस्थामा फेला परेका युवकको हत्या भएको पुष्टि

झापा, २९ असोज । झापाको कनकाई नगरपालिकाका सुरुङा खोलाको नजिक बाँसघारीमा मृत अवस्थामा भेटिएको यूवाको हत्या भएको पुष्टि भएको छ ।

कनकाई नगरपालिका वडा नम्बर ३ का अभिषेक चौधरीको बुधवार बाँसघारीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । चौधरीको हत्यामा कनकाई नगरपालिका वडा नम्बर ७ का रविन राजबंशीलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय अनारमनिबाट सार्वजनिक गरिएको हो ।

घटनाको अनुसन्धान गर्न संघीय प्रहरी ईकाइ कार्यालय धरानबाट डग सहितको टोली खटेको थियो । मृतक चौधरी र राजबंशी लुकिछिपी लागुऔषध सेवन गर्नुका साथै लागुऔषध सेवनकै विषयमा उनिहरु विच बादविबाद भएको थियो ।

मंगलबार राती चौधरी खोलाको डिलमा निस्किएको मौका छोपेर राजबंशीले पछाडीबाट बन्चरोले शरिरका विभिन्न भागमा प्रहार गरी हत्या गरिएको शवलाई बाँसघारीमा राखेर उनि फरार रहेको अनुसन्धानका क्रममा खुल्न आएको छ ।

घटनाको जानकारी पाउनसाथ घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मृतक चौधरीको शव शंकास्पद देखिएपछि गहन अनुसन्धान शुरु गरेको थियो। ।

Author:



क्याटोगरी छान्‍नुहोस