नव नियुक्त संघीय मन्त्रीहरुद्वारा सपथग्रहण

जनकपुरधाम, २९ असोज । नवनियुक्त अर्थमन्त्री, सहरी विकास मन्त्री र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीहरुले शपथ ग्रहण गरि पदभार सम्हाल्दैछन् ।

बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा नियुक्त भएका तीन जनालाई आज (विहिवार) राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी छिन् ।

शीतल निवासमा अयोजना गरिएको समारोहमा अर्थमन्त्रीको पदमा विष्णु पौडेल, सहरी विकास मन्त्रीको पदमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीकोपदमा लीलानाथ श्रेष्ठले शपथ ग्रहण गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस