मधेश लाइभ प्रभावः अगुवा आन्दोलनकर्मी कैलु रामले पाए ह्वील चेयर

राजविराज, २९ असोज । पक्षघात भएर बेसाहार बन्न पुगेका अगुवा आन्दोलनकर्मी सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीका ६६ वर्षीय कैलु रामलाई एक सामाजिक अभियानी एवम् अधिकारकर्मीले विहिवार ह्वील चेयर उपलब्ध गराएको छ ।

दुई वर्षअघि पक्षघातले ग्रसित भएका उनलाई जीवन धाँन्न समस्या परेको विषयमा ‘मधेश लाइभ डट कम’बाट समाचार सार्वजनिक भएपछि सामाजिक अभियानी एवम् अधिकारकर्मी सुनीता साहले रामलाई ह्वील चेयर उपलब्ध गराएको हो ।

विदेशी नागरिकहरुबाट आएको सहयोगबाट खरिद गरिएको ह्वील चेयर रामको घरमै पुगेर हस्तान्तरण गरिएको छ ।

ह्वील चेयर उपलब्ध गराउँदै अभियानी साहले जनअधिकारप्राप्तिकालागि सधैं अग्रपंक्तिमा रहेन गरेका रामको अवस्थाबारे राजनितिक दलदेखि राज्यसम्मले वास्ता नगर्नु दुःखद रहेको बताए । ‘मधेश आन्दोलनदेखि संविधान निर्माणकालागि कठोर आन्दोलनमा उनी अग्रपंक्तिमा रहनुहुन्थ्यो’ उनले भनिन्–‘तर अहिले उहाँ पक्षघात भएर थला पर्दा पनि कसैले खोज खबरसम्म नगर्नु दुःख हो ।’ अभियानी साहले राजनितिक दल र राज्यलाई उनको अवस्थाप्रति ध्यान पुर्याउन आग्रह समेत गरे । ह्वील चेयर पाएपछि रामले खुशी व्यक्त गर्दै अभियानी साह र मधेश लाइभलाई धन्यवाद दिएका छन् ।

बेसाहारा बने अगुवा आन्दोलनकर्मी कैलु राम

 

Author:



क्याटोगरी छान्‍नुहोस