उदयपुरको कटारीमा स्करपियो दुर्घटना हुँदा ५ को मृत्यु, ३ जना घाइते

राजविराज, २ कार्तिक । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित स्करपियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् ।

भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्वरको स्करपियो शनिबारमध्ये राति दुर्घटनामा परेको हो । घटनास्थलमै ५ जनाको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी सञ्जीव शर्मा दासले बताए ।

उनका अनुसार दुर्घटनामा मृत्यु भएका पाँचमध्ये दुईको मात्र पहिचान खुलेको छ । ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी, करिब ३२ र ३५ वर्षीय पुरुष र ३० वर्षीया महिलाको पहिचान खुल्न सकेको छैन् । दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पनव खड्का घाइते भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस