टिकटक : कार स्कुटरसहितका उपहार जित्ने मौका !

जनकपुरधाम । टिकटकको लोकप्रियतालाई ध्यान राखेर एचपी ईन्टरटेन्मेटले ‘टिकटक स्टार’ प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । अनलाइनमार्फत सो प्रतिस्पर्धा आयोजना गरिने आयोजक संस्थाका प्रमुख प्रकाश पाठकले बताए ।

देशको विभिन्न स्थानमा रहेका नवप्रतिभाले अनलाइन मार्फत प्रतिस्पर्धा सहभागिता जनाउन सक्नेछन् । प्रतिभा भएका अवसरवाट बञ्चित प्रतिभालाई लक्षित गरेर ‘टिकटक स्टार’ आयोजना गरिएको आयोजक संस्थाका प्रमुख पाठकले बताए ।

प्रतियोगिताका विजेताले फिल्ममा काम गर्ने अवसरका साथै कार, स्कुटरलगायतका अन्य थुप्रै आर्कषक उपहारहरु प्राप्त गर्नेछन् । एच.पी ईन्टरटेन्मेटले केही अगाडि ‘स्क्रिप्ट राइटिङ कम्पिटिसन’ समेत आयोजना गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस