जनता समाजवादीद्वारा कार्य विभाजनः कसले पाए कुन जिम्मेवारी (हेर्नुहोस्)

काठमाण्डौ, ०५ कार्तिक । जनता समाजवादी पार्टी नेपालको मंगलवार सम्पन्न केन्द्रिय कार्यकारिणी समितिको बैठकले पार्टीका नेताहरुलाई जिम्मेवारी तोकेको छ ।
पार्टीका नेता डा. बाबुराम भट्टराईलाई पार्टीको संघीय परिषद् अध्यक्षको जिम्मेवारी दिईएको छ । केन्द्रिय समिति संघीय परिषद्प्रति उतरदायी रहने विधान समेत पारित गरेको छ । पार्टीको बैठकले ११ सय सदस्यीय संघीय परिषद् र ८०१ सदस्यीय केन्द्रीय समिति गठन गरिएको कार्यकारिणी समिति एक पदाधिकारीले जानकारी दिएका छन् ।

बैठकले केन्द्रीय सल्लाहकार समिति प्रमुख भीमप्रसाद गौतम, केन्द्रीय विज्ञ परिषद् प्रमुखमा डा. पुष्पराज राजकर्णिकार, केन्द्रीय अनुशासन आयोग प्रमुखमा लक्ष्मणलाल कर्ण, केन्द्रीय निर्वाचन आयोग प्रमुखमा अनिलकुमार झा, केन्द्रीय लेखापरीक्षण प्रमुखमा अमरेश नारायण झालाई जिम्मेवारी तोकिएको छ । यसैगरी बैठकले केन्द्रीय विभागहरू समेत तोकेको छ ।

नीति, योजना तथा कार्य व्यवस्था विभाग प्रमुखमा शरतसिंह भण्डारी, अनुशासन, अभिलेख तथा अन्तरप्रदेश समन्वय विभाग प्रमुखमा रामसहायप्रसाद यादव, पार्टी स्कुल तथा प्रशिक्षण विभाग प्रमुखमा हेमराज राई, अन्तर्राष्ट्रिय (राजनीतिक तथा कुटनीतिक) विभाग प्रमुखमा रकम चेम्जोङ, सूचना, सञ्चार प्रकाशन तथा प्रचार विभाग प्रमुखमा डम्बरु बल्लभ खतिवडालाई चयन गरिएको छ । आर्थिक विभाग प्रमुखमा उमाकान्त झा, संसदीय व्यवस्था विभाग प्रमुखमा अमृता अग्रहरि, संघीय मामिला विभाग प्रमुखमा वृषेशचन्द्र लाल, शहीद तथा बेपत्ता परिवार, घाइते एवम् द्वन्द्व प्रभावित व्यवस्थापन विभाग प्रमुखमा चन्दा चौधरी, सुरक्षा विभाग प्रमुखमा सुनील रोहित, उत्पादन तथा स्वरोजगार विभाग प्रमुखमा रमेश यादव, कृषि तथा भूमि व्यवस्था विभाग प्रमुखमा मृगेन्द्रसिंह यादव, वन तथा वातावरण विभाग प्रमुखमा गोविन्द चौधरी, सहकारी तथा गरिबी निवारण विभाग प्रमुखमा निर्जला राउत रहेका छन् ।

मानव अधिकार तथा सामाजिक सेवा विभाग प्रमुखमा सुशीला श्रेष्ठ, भ्रष्टाचार नियन्त्रण तथा सुशासन विभाग प्रमुखमा मनिषकुमार सुमन, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग प्रमुखमा अकवाल अहमद शाह, शहरी विकास तथा खानेपानी विभाग प्रमुखमा इस्तियाक राईन, प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थपन प्रमुखमा अकवाल अहमद शाह, शिक्षा, विज्ञान तथा प्रविधि विभाग प्रमुखमा रेणुकुमारी यादव, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा युवराज कार्की, पर्यटन तथा नागरिक उड्डयन विभाग प्रमुखमा प्रकाश अधिकारीलाई चयन गरिएको छ । राज्य व्यवस्था विभाग प्रमुखमा राजकिशोर यादव, स्थानीय तह परिचालन विभाग प्रमुखमा महेन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था प्रमुखमा सवेन्द्रनाथ शुक्ल, श्रम तथा रोजगार विभाग प्रमुखमा राजकुमार लेखी, संवैधानिक व्यवस्था तथा कानून विभाग प्रमुखमा नवराज सुवेदी, समावेशी विभाग प्रमुखमा हिसिला यमी, आर्थिक नीति तथा योजना विभाग प्रमुखमा प्रशान्त सिंह, जल तथा प्राकृतिक स्रोत व्यवस्थापन विभाग प्रमुखमा रणध्वज कन्दङ्वालाई जिम्मेवारी तोकिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस