प्रेस युनियन सप्तरीको अध्यक्ष श्रवण देवद्वारा पदभार ग्रहण

राजविराज, ६ कार्तिक । नेपाल प्रेस युनियन सप्तरीको अध्यक्षमा श्रवण देव आज (विहिवार) बाट पदभार ग्रहण गरेका छन् ।

युनियनको २०७५ असोज २० गते सम्पन्न छैठो अधिवेशनबाट नेतृत्व चयन भएको थियो । चार वर्षे कार्यकालको पहिलो दुई वर्ष अध्यक्षमा रामनारायण विश्वास (आरएन) र पछिल्लो दुई वर्षमा देवले नेतृत्व गर्ने गरी भएको सहमतिअनुसार उनले पदभार ग्रहण गरेका हुन् ।

युनियनको उपाध्यक्षमा विनय कुमारलाल कर्ण, महिला उपाध्यक्ष ललिता साह, सचिव शैलेन्द्र सिंह, सह–सचिव कृष्णदेव यादव, समावेशी सह–सचिव सन्तोष थापा र कोषाध्यक्ष बैजु जोशी छन् ।

यसैगरी सदस्यहरुमा रश्मी झा, अरुण यादव, निरज मण्डल, शैलेन्द्र झा, रञ्जित चौधरी, परिश कर्ण, रामनारायण यादव, संतोष साह र विरेन्द्र साह रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस