सप्तरीमा कोरोनाबाट फार्मेसी कर्मचारीको मृत्यु

राजविराज, १९ कार्तिक । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल मातहतमा रहेको फार्मेसीमा कार्यरत एक कर्मचारीको आज (बुधवार) कोरोना संक्रमणबाट मृत्यु भएको छ । राजविराज नगरपालिका–२ निवासी २८ वर्षीय युवकको उपचारकै क्रममा मृत्यु भएको हो ।

गत शनिवार संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल मातहतकै साइकृष्णा हस्पिटलस्थित आइसोलेसनमा भर्ना गरिएको थियो । सोही क्रममा उनको मृत्यु भएको अस्पतालका निमित्त प्रमुख डा.रञ्जितकुमार झाले जानकारी दिए ।

मृतक युवकमा कुनै दीर्घ रोग नरहेको डा.झाले बताए । योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

२०४ सक्रिय संक्रमित

कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवका अनुसार हाल सप्तरीमा २०४ जना सक्रिय संक्रमित छन् । सप्तरीमा हालसम्म १६ सय ३१ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १४ सय संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस