वैवाहिक बन्धनमा बाँधिदै आदित्यनारायण र स्वेता

 

चर्चित गायक, अभिनेता एवम् टेलिभिजनका कार्यक्रम प्रस्तोता आदित्यनारायण आगामी डिसेम्बरमा वैवाहिक बन्धनको तयारीमा जुटेका छन् ।

उनले स्वेता अग्रवालसँगको तस्विर सार्वजनिक गर्दै सामाजिक सञ्जालमा विवाहको विषयमा आधिकारिक रुपमा सार्वजनिक गरेका छन् । उनले आफु स्वेता अग्रवालसँग ११ वर्ष अघि आफूले स्वेतालाई भेटेको उल्लेख गरेका छन् । आफुहरु विवाह गर्न गईरहेको भन्दै तयारीकालागि केही समय सामाजिक सञ्जालबाट ब्रेकअप लिएको बताएका छन् ।

उनले आफ्नो वालमा यस्तो लेखेका छन्– हामी विवाह गर्दै छौं । ११ बर्ष अघि मेरो आत्मीय साथी स्वेतालाई भेट्न पाउँदा म सबैभन्दा भाग्यमानी व्यक्ति हुँ । हामी अन्ततः डिसेम्बरमा वैवाहिक बन्धनमा बाँधिरहेका छौं । हामी दुबै जनाको निजी जिवन छ । विश्वास गर्छौं कि यो एक अर्काको निजी जीवन हो । यसलाई निजी राख्नु नै उत्तम हो । विवाहको तयारीकालागि लागि सोशल मिडियाबाट ब्रेक लिदैछु । डिसेम्बरमा भेटौला । मैले भनेको थिए नि, कुनै न दिन हाम्रो भेंट हुनेछ, भेटौंला, म विश्वस्त छु ।

आदित्यनारायण र श्वेता अग्रवाल १० वर्ष अघि फिल्म शापितको छायाङ्कनका क्रममा भेंट भएको थियो । त्यसपछि एक अर्कालाई मन पराउँदैआएका थिए । एक अन्तर्वार्तामा उनले भनेका थिए– अन्य सम्बन्ध जस्तै हामी दुवै जना पछिल्लो १० वर्षमा धेरै आरो अवरोह खेपेका छौं, हामी बिच विवाह मात्र फार्मेलिटी हो ।

मेरो आमाबुवालाई स्वेताको बारेमा थाहा छ, वहाँहरुलाई पनि स्वेता मन परेको छ । मेरो जिन्दगीको साथी मैले पाउँदा म अत्यन्तै खुशी छु । हामी जब एक दशकदेखि उनको साथ बिताएको छु, त्यसैले मलाई लाग्छ कि विवाहको सही समय हो ।

Author:



क्याटोगरी छान्‍नुहोस